एक Normal साँझ

केहि समयको धुलो खुवाइ र बेला बेला मिठो हुने गफलाई अर्को पालीको लागि थाति राख्दै उसले केहि क्षणको साथ दिइ साथीलाई बसमा चढायो । अब ऊ घरतर्फ लाग्छ, छिटो-छिटो, किनभने उसले आफ्नो कोठाबाट अलि पर बस्ने छिमेकी केटी केही क्षणअघि आफ्नै अघिबाट गइको देखेको छ। नजर साटासाट पनि भएका हुन् त्यस बखत, त्यस साँझ। ‘स्पीड’मा…Read more एक Normal साँझ

Advertisements

पानी पर्दा

काठमाडौँ धुले थिएन भिजेको माटोका ताजा वासनाहरु, जो अझै म भित्रको कुनै विकट ठाँउमा जिवित छन्, तान्थे मलाई नमिलेको ईटा बिच्छ्याइका बिच छिट्-छिट् वर्षाले जन्माएको छप्ल्याङ-छुप्लुङ पानीमा स्कुलका ती सेता-सेता हुन लागेका काला जुत्ता सुकेको जुत्ता पालिस र खाने तेलको हतारिएको संगम सहित च्वाँक्क-चुँइक्क बोलिरहन्थे पानीको सामीप्यमा । छप्ल्याङ-छुप्लुङ एक्ला थिएनन् टिङ्-टिङ् गर्ने स्टिलको गोलो टिफिन बक्सको…Read more पानी पर्दा

कि-रिङ्गका रिङ्गहरु

कि-रिङ्गका रिङ्गहरु कथयिताः       जब मानव जगत अलि जान्ने-बुझ्ने भइटोपल्यो तब उसका खु्ट्टा भुईँमा रहेनन्। म शाब्दिक अर्थमै भन्दै छु सरकार; पिलेन-रकेट जो बनेका छन्। तर, हाम्रो कुरो अलि अघिको हो। मान्छेको लोभ भौतिक कुरामा बढ्न थालेको बखत हो हजुर। लुटेर, चोरेर, भ्रस्टाचार गरेर कमाएको सम्पत्तिको के भर, कसैले मङ्सिरमा आफ्नि जि.एफ. उडाएजसरी…Read more कि-रिङ्गका रिङ्गहरु

ओइलाईएका पानाका गाढा अक्षरहरु…

ओइलाईएका पानाका गाढा अक्षरहरु... अझै पनि सम्झनाका तरङ्गहरुले मलाई त्यहीँ पुर्याउछन त्यहीँ, तेही नौ कक्षाको मझौला आकारको नीलो-हरियो कोठो आँफैलाई चित्रण गर्न खोज्दछु, आफ्नो धमिलो बिम्बलाई तिम्रो जाज्वल्यमान आक्रिति अघि र, गन्तव्यहिन हुन्छु, गहिरो तालको बिचमा डुङ्गा खियाउने बहना हराएको सिकारु माझीजस्तो मन्द, मीठो सुन्यतामा बिलिन हुन्छु रमाउँछु, पुरै जीवन बिताउँछु, सैँयौ जुनि जिउँछु, एक…Read more ओइलाईएका पानाका गाढा अक्षरहरु…

सुन्यता

सुन्यता, मानौँ जीवन गतिविहिन भएको छ र यो समय टक्क अड्किएको। के तेरो परिभाषा यहि हो? दिँउसोभर लन्ठिएर जीवनलाई गतिविहिन र जीवनकै सुन्दरतालाई हेरेर समयलाई टक्क अड्डाउन सक्छु म। त सुन्यता, तेरो परिभाषा के हो?